दाङ १७, जेठ । घरको कोठामा सुतिरहेका बेला बिषालु सर्पले टोकेर २५ बर्षका युवकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानरपालिका ८, अश्वार घर भएका टिकाराम डाँगीको सर्पको टोकाईबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
युवकको बाँया खुट्टामा टोकेको थियो । सर्पले टोकेर गम्भीर बिरामी पर्नुभएका उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।