काठमाण्डौं १७, जेठ । रक्सी चोरको आरोपमा प्रहरी साहायक निरीक्षक (असई) सहित ३ जना प्रहरीलाई निलम्बन गरिएको छ ।
मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी असई नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको जनाएको छ ।
यहीँ जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटलमा सञ्चालकलाई नियन्त्रणमा लिने प्रयास गर्दै भोड्का रक्सी लिएर गएको खुलेपछि उनिहरु निलम्बनमा परेका हुन् ।
रक्सी लिएर गएको भिडियो सामाजिक संजालमा भाइरल नै भएको छ ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिरा बहादुर पण्डेले जानकारी दिनुभयो ।