गोरखा १७, जेठ । गोरखाको बारपाकमा एकैपटकमा १३० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । महामारीको संक्रमण फैलिएको आंशकामा शुक्रबारदेखि ३ दिनसम्म त्यहाँ बसेर संकलन गरिएको पिसिआर परीक्षणका क्रममा थप १ सय ३० जनामा संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितहरु वडा नम्बर १ र २ का रहेका छन् । २ साता अगाडीदेखि उत्त क्षेत्रमा कोरोना जस्तो लक्षण सहितका गाउँका अधिकांश मानिस बिरामी परेपछि प्रदेश स्वास्थ्य निर्देशनालय र गोरखा जिल्लाका स्वास्थ्यकर्मीहरुको टोलीले उत्त क्षेत्रमा ३ दिन सम्म एन्टिजेन र स्वाब लिने काम भएको थियो । संकलन गरिएका ३९२ जनाको स्वाब प्रदेश जन स्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
यता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्टका अनुसार प्रदेशबाट प्राप्त जानकारी अनुसार स्वाब परिक्षण क्रममा ७१ जना महिला र ५९ जना पुरुष संक्रमण देखिएको छ । यस अघि सोही अबधीमा गरिएको एन्टिजेन परीक्षणमा बारपाक क्षेत्रमा ८१ जनामा कोरोना देखिएको थियो थियो । अहिलेसम्म बारपाकमा कुल संक्रमितको संख्या २५५ पुगेको छ ।