गोरखा १६, जेठ । नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा राष्ट्यि सभाका सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश)को नेतृत्वमा आइतबार कोरोना संक्रमणको जोखिममा परेका गोरखाका दुई स्थानका नागरिकहरुको एन्टिेजन परीक्षण गरिएको छ । दुई जना चिकित्सक, ल्याव टेक्निसियन सहित कोरोना संक्रमणको त्रासमा रहेका नागरिकहरुको स्वास्थ्य परीक्षणमा गाउँगाउँमा पुग्नु भएका प्रवक्ता श्रेष्ठको नेतृत्वमा आज जिल्लाको सौरपानी र पाँचखुवा देउरालीमा एन्टिजेन परीक्षण गरिएको हो ।
बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ स्थित पाँचखुवा देउराली स्वास्थ चौकीमा ५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टी भएको छ । जुन कुल परीक्षणका हिसाबले ४७ प्रतिसत हो । पाँचखुवा देउरालीमा गरिएको एन्टिजेन परीक्षणको नजिताले त्यस क्षेत्र संक्रमणको उच्च जोखिममा रहेको त्यहाँ पुगेका स्वास्थ्यकर्मीको टोलीले गरेको प्रवक्ता श्रेष्ठका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । पाँचखुवा देउरालीमा संक्रमणको जोखिम बढी भएको पाइएको भन्दै प्रवक्ता श्रेष्ठ नागरिकहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
बारपाक सुलिकोट गाउँपालिकालाई आज कन्सेन्ट्रेटर प्रदान गर्नुहुदै प्रवक्ता श्रेष्ठ
उहाँले जनतालाई परेको दुःख पिडामा साथ दिन आफु सदैव तयार रहेको भन्दै नागरिकहरुलाई पनि महामारीका बेला थप सचेत र सजग हुनु अनुरोध गर्नुभयो । सो क्रममा प्रवक्ता श्रेष्ठले बारपाक सुलिकोट गाउँपालिकालाई एउटा कन्सेन्ट्रेटर समेत प्रदान गर्नुभएको छ । यसअघि बारपाकमा पुगेर प्रवक्ता श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले गरेको एन्टिजेन परीक्षणका क्रममा त्यहाँ पनि झण्डै ४७ प्रतिसतमा कोरोना पोजेटिभ देखिएको थियो ।
लगत्तै बारपाकमा संक्रमण भयावह बन्द पुगेपछि शुक्रबार मात्र प्रदेश, जिल्ला र गाउँपालिकाबाट गएको स्वास्थ्यकर्मीको टोलीले करिब १४ सय जनाको कोरोना परीक्षण गरेर आइतबार मात्र फर्किएको छ । यता आइतबार नै उहाँको नेतृत्वको टोलीले बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा गरेको एन्टिजेन परीक्षण क्रममा झण्डै ३१ प्रतिसतमा कोरोना पोजेटिभ देखिएको छ ।
टोलीले ६५ जनाको एन्टिजेन परीक्षण गरेकोमा २० जनामा कोरोना देखिएको हो । टोलीमा रहेर नागरिकको स्वास्थ्य उपचारमा खटिनु डा. नविन सापकोटा, डा राकेश परियार लगायतका स्वास्थ्यकर्मीहरुले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई निशुल्क औषधी सहित परार्मस समेत प्रदान गरेका छन् ।