Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बारपाक पुगेको स्वास्थ्यकर्मीको टोली फर्कियो, १ हजार ३ सय ५६ जनाको कोरोना परीक्षण


3K
Shares

बारपाक पुगेको स्वास्थ्यकर्मीको टोली फर्कियो, १ हजार ३ सय ५६ जनाको कोरोना परीक्षण

काठमाण्डौं १६, जेठ ।  गोरखाको बारपाकमा कोरोनाको आंशकमा स्वास्थ्य परीक्षण गर्ने पुगेका स्वास्थ्यकर्मीको टोली आज फर्किएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकबाट गएको स्वास्थ्यकर्मीको टोली स्वास्थ्य उपचार पछि फर्किएका हुन् । टोलीले बारपाकका १ हजार ३ सय ५६ जनाको परीक्षण गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनस्वास्थय निरीक्षक नानीबाबु दानीले जानकारी दिनुभयो ।

एन्टिजेन परीक्षण गरिएका मध्ये ८१ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । केही सातादेखि कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको संख्या बृद्धि हुन थालेपछि गाउँपालिकाको आवहनमा प्रदेश जिल्ला, गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोलीले उपचारका लागि बारपाक पुगेको थियो । शुक्रबारदेखि सुरु गरिएको गरिएको परीक्षणमा ९६४ जनामा एन्टिजेन परीक्षण र ३९२ जनाको पिसिआरका परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली फर्किएको उहाँले बताउनुभयो ।

निरिक्षक दानीका अनुसार शुक्रबार ७२२ जनाको एन्टिजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण देखिएको थियो भने शनिबार २३१ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण देखिएको दानीले जानकारी दिनुभयो । आज गरिएको ११ जनाको एन्टिजेनमा भने सबै रिर्पोट नेगेटिभ आएको उहाँले बताउनुभयो । यता स्वास्थ्य कार्यालय गोरखाबाट खटिएको टोलीका ल्याब टेक्निसियन निरिक्षक तथा माहामारी फोकल सर्पन नारायणबावु अर्यालका अनुसार उत्त क्षेत्रमा संकलित सबै स्वाब प्रदेश स्वास्थ्य निर्देशनायमा आज नै पठाइएको जानकारी दिनुभयो ।

अर्यालका अनुसार जटिल प्रकारका बिरामीहरु फेला नपरेको भएता पनि १ जना महिला बिरामीलाई सनिबार हेली चार्टर गरेर राजधानीमा उपचारको लागि पठाईएको बताउनुभयो । टोलीले बारपाक सुलिकोटा गाउँपालिका १ र २ बारपाक, मान्द्रे, राङरुङ र पोखरी क्षेत्रका बिरामीहरुको परिक्षण र औषधी उपचार गरेको थियो । टोलीले उत्त क्षेत्रमा निशुल्क औषधी समेत वितरण छ ।

बारपाकमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट ३/३ जना डाक्टर, नर्स र ल्याब टेक्निसियन, स्वास्थ्य कार्यालय गोरखाबाट ल्याब टेक्निसियन निरिक्षकका साथै गोरखा अस्पतालबाट चिकित्सक सहित ल्याब टेक्निसियन र गाउँपालिकामा भएका स्वास्थ्यकर्मीहरुको टोली एकै चोटी बारपाक पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology