Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाको सौरपानीमा एन्टिजेन गरिएका मध्ये ३१ प्रतिसतमा कोरोना पोजेटिभ


3.9K
Shares

गोरखाको सौरपानीमा एन्टिजेन गरिएका मध्ये ३१ प्रतिसतमा कोरोना पोजेटिभ

गोरखा १६, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा एन्टिजेन परीक्षण गराएका मध्ये झण्डै ३१ प्रतिसतमा कोरोना पोजेटिभ देखिएको छ । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले आज आफ्नै नेतृत्वमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली लिएर गई त्यहाँका संक्रमणको जोखिममा रहेकाहरुको एन्टिजेन परीक्षण गराउनु भएको हो ।

शनिबार मात्र गोरखा आइपुग्नु भएका प्रवक्ता श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले सौरपानी स्थित सौरपानी स्वास्थ्य चौकीमा त्यहाँका नागरिकहरुको कोरोना परीक्षण गरेको थियो । टोलीले ६५ जनाको एन्टिजेन परीक्षण गरेकोमा २० जनामा कोरोना देखिएको प्रवक्ता श्रेष्ठका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

टोलीमा रहेर नागरिकको स्वास्थ्य उपचारमा खटिनु डा. नविन सापकोटा, डा राकेश परियार लगायतका स्वास्थ्यकर्मीहरुले कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई निशुल्क औषधी सहित परार्मस समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology