Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लगातारको बर्षापछि आएको बाढीले चार घर भत्कायो, ४० घर प्रभावित


2.3K
Shares

लगातारको बर्षापछि आएको बाढीले चार घर भत्कायो, ४० घर प्रभावित

लमजुङ, १६ जेठ । लगातारको बर्षा पछि आएको बाढीले ४ घर भत्काएको छ भने ४० भन्दा बढी घर परिवार प्रभावित भएका छन् । मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । बाढीले प्रभावित बनाएका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

प्रहरीका अनुसार स्थानीय खोलामा आएको बाढीले गर्दा सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको हो । ३८ घरमा बाढीले ल्याएको गेग्¥यान, बालुवा, ढुंगा तथा माटोसहितको लेदो पसेर बस्न नहुने अवस्था बनाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिका–४ स्थित नयाँबजारको घट्टेखोलामा अचानक पानीको बहाव बढ्न गई सोही स्थानमा रहेको पक्की पुललाई काठ, ढुंगा र माटोले पुरी उक्त खोलाको पानी नयाँबजारतर्फ पसेको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले पक्की पुलको वरिपरिको भाग समेत बाढीले बगाएको जानकारी दिनुभयो । मनाङमा बाढी आउँदा बिहीबार मात्रै २ वटा काठे पुल बगाएको थियो । विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । चामे गाउँपालिका–१, तिमाङ खोलामा बाढीले मानिस हिँड्ने काठे पुल बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology