Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका २ स्थानीय तहमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी


1.6K
Shares

गोरखाका २ स्थानीय तहमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा १६, जेठ । गोरखाका २ स्थानिय तहमा शनिबार थप ५५ जनामा कोरोना संक्रमित थपिएका छन्। जिल्लाको आरुघाट र सहिद लखन गाउँपालिकामा गरी ५५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण पुष्टी भएका मध्ये आरुघाट गाउँपालिकामा ३३ जनामा र शहिद लखन गाउँपालिकामा २२ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा २१ पुरुष र १२ महिला रहेका छन् भने शहिद लखन गाउँपालिकामा ९ पुरुष र १३ जना महिला रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology