गोरखा १५, जेठ । गृहजिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि नेकपा माओबादी केन्द्रका प्रवक्ता एवम राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश) फेरि आफै चिकित्सक सहितको टोली लिएर आइपुग्नु भएको छ । केही समय अघिमात्र जिल्लाको बिभिन्न गाउँपालिकाको वडाहरुमा आफ्नै नेतृत्वमा चिकित्सक सहितको स्वास्थ्यकमीको टोली लिएर संक्रमणको उच्च जोखिममा परेका तथा लक्षण देखिएकाहरुको एन्टिजेन परीक्षण गराएर फर्कनु भएका श्रेष्ठ आज फेरि गोरखा आउनु भएको हो ।
‘बारपाक लगायतका क्षेत्रमा बेलैमा एन्टिजेन परीक्षण नगराएको भए अहिले स्थिती भयावह हुने थियो, बारपाकमा हामीले चिकित्सक सहितको टोली लगेर कोरोना परीक्षण गरेकाले अहिले थप सर्तकता अपाउन सजिलो भएका छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो, जिल्लाका अन्य क्षेत्रमा एन्टिजेन परीक्षण नगरी नहुने देखिएकाले स्वास्थ्यकर्मीको टोली लिएर आएका हौ ।’ प्रवक्ता श्रेष्ठकोे आज गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालमा अक्सिजन सिलिण्डर समेत उपलब्ध गराएको उहाँका स्वकिय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस बाहेका जिल्ला अन्य १० ओटा स्थानीय तहहरुलाई पनि २/२ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइने उहाँको भनाई छ । जिल्लाका सवै स्थानीय तहलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएर श्रेष्ठ नेतृत्वको टोली भोली बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा पुगेर कोरोना संक्रमणको जोखिममा परेकाहरुको एन्टिजेन परीक्षण गराउने उहाँले बताउनुभयो । टोलीमा दुईजना चिकित्सक र २ जना ल्यावटेक्निसियन रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
यो पटक जिल्लाको सिरानचोक गाउँपालिकाको छोप्राक, पालुङटार नगरपालिकाको सिमपानी, ठाँटी पोखरी बजार, गण्डकी गाउँपालिकाका बिभन्नि क्षेत्रमा पुगेर एन्टिजेन परीक्षण गराउने बताउनुभयो । पालुङटारमा बिघटित प्रतिनिधिसभाका सांसद चुडामणी खड्का (प्रकाश) र गण्डकी गाउँपालिका हरिराज अधिकारी समेत सहभागिता रहने स्वकिय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।