गोरखा १५, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ बारपाककी गम्भीर बिरामी पर्नुभएकी एक महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गएको ४ दिनदेखि पखाला लागेर बिरामी पर्नुभएकी २४ बर्षिय महिलाको हेलिकप्टर माफृत उद्धार गरि उपचारका लागि काठमाण्डौंको मेडिसिटी अस्पतालमा पठाइएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । मनाङ एयरको हेलिकप्टर झिकाएर उपचारका लागि पठाइएको उहाँको भनाई छ ।
बारपाकमा कोरोना फैलिएको आंशकामा उपचारका लागि शुक्रबार त्यहाँ पुगेका प्रदेश तथा जिल्लाका स्वास्थ्यकर्मीहरुको टोलीले थप उपचारका लागि रिफर गर्नुपर्ने बताएपछि तत्कालै हेलिकप्टर मार्फत उद्धार गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । कोरोना पोजेटिभ नदेखिए पनि महिला भर्खरै सुत्केरी हुनुभएकी उहाँको स्वास्थ्य अबस्था अत्यन्त जटिल रहेको चिकित्सकले बताएका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा महिलाको शरिर सुन्निएको तथा अक्सिजनको मात्र समेत घटेको पाइएको चिकित्सकले बताएको उहाँको भनाई छ ।