Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा चराउन लगिएका ३० भन्दा बढी भेडा पहिरोले बगायो


2.3K
Shares

गोरखामा चराउन लगिएका ३० भन्दा बढी भेडा पहिरोले बगायो

गोरखा, १५ जेठ । गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउदै गरेका ३० ओटा भन्दा बढी भेडालाई पहिरोले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै ३ घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनएको वडाध्यक्ष दिलिप गुरुङले जानकारी दिनुभयो ।

घटना बिहिबार बिहान करिब १० बजेको समयमा भएपछि खर्कबाट गाउँमा जानकारी ढिलो गरि आएको उहाँको भनाई छ । ‘ठूलो पानी परेपछि गोठालाहरु ओडारमा बसेका बेला एक्कासी आएको पहिरोले भेडा बगाएको जानकारी आएको छ, उहाँले भन्नुभयो, करिब १२० ओटा भेडामध्ये ३० वटा भन्दा बढीलाई पहिरोले बगाएको गोठालो बताएका छन् ।’

पहिरोले भेडा बगाएपछि जानकारी आएपछि आफ्न्तहरु खोजीका लागि त्यस तर्फ गएको भएपनि नफर्किएको उहाँको भनाई छ ।‘भेडा बगाएको जानकारी आएपछि गोठालाका आफ्न्तहरु खोजीका लागि गएका छन्, वडाध्यक्ष गुरुङले भन्नुभयो, तर उहाँहरु अहिलेसम्म फर्कनु भएको छैन ।’ स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिरोले बगाएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology