गोरखा १५, जेठ । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ७ बुड्कोट स्थित बोर्लाङी गाउँका धन बहादुर श्रेष्ठको गोठमा पुरिएका भैसी, पाडो, बाख्रा तथा बोका १५ घण्टापछि जेसिबीको साहायताले मृतावस्थामा निकालिएको छ ।
हिजो राती करिब ८ बजेको समयमा घरमाथिबाट खसेको पहिरोले गोठ परिदा गोठमा रहेका २ वटा भैसी, एउटा पाडो, ३ वटा बाख्रा र एउटा बोका पुरिएको थियो । घटना लगत्तै उद्धारको प्रयास गरिएको भएपनि नसकिएपछि शनिबार (आज) बिहान जेसिबी लगाएर पुरिएका बस्तुभाउ निकालिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
गोठमा पहिराले पुरिएका एक हल गोरु र भैसी पाडो भने घाईते अबस्थामा छिमेकीको साहायतामा तत्काल नै उद्धार गरिएको थियो । फोटो वडाध्यक्ष शरण श्रेष्ठको फेसबुकबाट साभार