Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो


1.6K
Shares

श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो

सिराहा १५, जेठ । श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । सिराहाको गोलबजार नगरपालिका २ स्थित तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ ।

ललितलाई प्रहरीले नियन्त्रणमा िलएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology