तनहुँ १५ जेठ । पहिरोले पुरिएर एक बृद्धाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ स्थित निर्मल नगरको छाब्दी खोलाको दोभानमा घर पछाडीबाट खसेको पहिराले घर भत्किदा ६३ बर्षकी सरस्वती घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परि गम्भीर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । बाटोमा नै ज्यान गएपछि शव घरमा नै फकाइएको छ । पहिरोले घर पूर्ण रुपमा क्षति भएपनि परिवारका अन्य सदस्य भने बाँच्न सफल भएको प्रहरीको भनाई छ ।