गोरखा १४, जेठ । गोरखाको बारपाकमा गएराती थप एक महिलाको मृत्यु भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण भएकी करिब ८२ बर्षकी एक महिलाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि गोरखा अस्पताल ल्याउदै गर्दा ति महिलाको मृत्यु भएको हो । मृतक महिलाकी छोरीलाई कोरोना पोजेटिभ भएको थियो । यो संगै बारपाकमा मृतकको संख्या १३ पुगेको छ ।