गोरखा, १४ जेठ । गोरखा अस्पताल गोरखालाई फ्रान्सको एक संस्थाले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन स्वास्थ्य सामग्री प्रदान गरेको छ । फ्रान्सको एएफपिन नामक संस्थाले अस्पताललाई करिब १ लाख ९० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका आमन्त्रित सदस्य ब्रदी मास्केले जानकारी दिनुभयो । अस्पतालमा आज बिहान एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री उपलब्ध गराउन गराउनु भएको उहाँले बताउनुभयो ।
‘अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुका लागि उपचारमा सहयोग पु¥याउन पारामेडिकल फर्मेसन इन नेपाल मार्फत प्राप्त उक्त सामग्री उपलब्ध गराइएको हो, एएफपिनका आमन्त्रित सदस्य मास्केले भन्नुभयो, उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरुमा गाउन, बेड साइड लकर १२ थान, १६ लिटरको स्प्रे २ थान, सुकभर ५०० थान, फेस शिल्ड र फेस शिल्ड स्क्राप २००/२०० थान रहेका छन् ।
नेपालको दुर्गम क्षेत्रका युवायुवतीहरुलाई सिएमए तथा स्टाफ नर्स अध्ययनका लागि सहयोग गर्दै आएको बेला कोरोनाको महामारीमा थोरै भएपनि राहात पु¥याउन स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँको भनाई छ । अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. शान्ति भूर्तेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको मास्केले जानकारी दिनुभयो ।