Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा निषेधाज्ञा फेरि लम्बियो


2.4K
Shares

गोरखा जिल्लामा निषेधाज्ञा फेरि लम्बियो

गोरखा १४, जेठ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आजको बैठकले गोरखा जिल्लामा जारी निषेधाज्ञा थप १० दिनका लागि थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासनमा भएको बैठकले आगामी २५ गते राती १२: ०० बजे निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यस अघि केन्द्रले भोलि अर्थात जेष्ठ १५ गते शनिबार राती १२: ०० बजे सम्मको लागि तोकेकोमा बैठकले सोही प्रकृतिको निषेधाज्ञा १० दिनका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकले भने अघिल्लो पटकको निर्णय उल्टाउदै निर्माण सामग्री ढुवानी दिउँसोको समयमा पनि ढुवानी गर्न पाउने ब्यवस्था गरेको छ । तर ति सवारीमा चालक र सहचालक मात्र सवार हुन पाउने ब्यवस्था गरेको छ । बैंक, बित्तिय संस्था र ब्यापार ब्यवसायको हकमा भने यस अघिको निर्णय नै कायम राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology