मोरङ १४, जेठ । ट्याक्टरको ठक्करबाट ३२ बर्षिय एक युवकको ज्यान गएको छ । मोरङको कानेपोखरी गाउँपालिका ५ शान्ति चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा कानेपोखरी गाउँपालिका(२ केरौनका ३२ वर्षीय दिलीप चौधरीको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।