नागरिक सवाल
सुनसरी १३, जेठ । प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुदा एक जना घाइते भएका छ । अस्थायी प्रहरी चौकी धारनमा उजुरी लेख्न आएको एक समुहमाथि पछ्याउदै आएको अर्को समुहले आक्रमण गर्दा चौकीका इन्चार्ज घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिनुभयो ।
दुई समुह बिच झडप भएपछि छुट्याउन खोज्दा चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते हुनुभएको हो । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।