Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

कास्कीमा एक हप्ताका लागि निषेधाज्ञा थप


3.5K
Shares

कास्कीमा एक हप्ताका लागि निषेधाज्ञा थप

कास्की १३ जेठ । कास्कीमा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रसासन कार्यालय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जिल्लामा निषेधाज्ञा थप गरेको छ । प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत बैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ २१ गते राति १२ बजेसम्मका लागि थप प्रसासनले बिहिबार जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो ।  जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

निषेधाज्ञामा यसअघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ । त्यस्तै खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नु पर्नेछ । प्रसासनले जारी गरेको बिज्ञप्तिमा सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन नपाइने उल्लेख छ।

सार्वजनिक तथा निजी सवारी साधन जेठ २१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology