दाङ १३, जेठ । पोखराबाट सल्यानको लागि छुटेको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पोखराबाट सल्यानतर्फ जाँदै गरकेो रा १ ज ५१५ नम्बरको जिप आज दिउँसो चार बजे दाङको तुलसीपुर–घोराही सडक खण्ड अन्र्तगत बेलझुण्डी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि चार जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा सल्यान कपुरकोट गाउँपालिका १ रिम बस्ने १७ वर्षका सन्तोष विक, सोहि वडा सारपानी बस्ने १८ वर्षका गगन बाँठा, सोहि ठाउँका ३८ वर्षका ललित विक र सोहि वडाका घुर बस्ने १५ वर्षका दोर्ण विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको बताईएको छ ।