Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाकमा भोलि चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली पठाइदै, सुरक्षाका लागि छुट्टै कमाण्ड


2.2K
Shares

बारपाकमा भोलि चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली पठाइदै, सुरक्षाका लागि छुट्टै कमाण्ड

गोरखा १३, जेठ ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ बारपाकमा कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढदै थालेपछि भोली स्वास्थ्यकर्मी सहितको टोली त्यस क्षेत्रमा पठाइने भएको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १० संकट व्यवस्थापन केन्द्रको बैठकले गोरखा अस्पतालका डा. सन्दिप श्रेष्ठको संयोजकत्वमा चिकित्सको टोली बारपाक पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बारपाकमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका केही व्यक्तिको मृत्यु समेत भइसकेको भन्दै केन्द्रको बैठकले तत्काल चिकित्सक सहितको टोली पठाउन लागिएको हो । टोलीमा स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायणबाबु अर्याल, गोरखा अस्पतालका ल्याव टेक्निसियन चिजकुमार श्रेष्ठ र सहयोगीका रुपमा राजु रोक्कालाई पठाउने निर्णय भएको उहाँको भनाई छ ।

त्यस्तै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, गण्डकी प्रदेश पोखराबाट ३ जना चिकित्सक, र ३ जना ल्याव टेक्निसियनमा टोलीमा सहभागी हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । कोभिड परीक्षणका क्रममा खटिने स्वास्थ्यकर्मीहरुको टोलीको सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्ड सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत डिसिसिएमसीको बैठकले गरेको उहाँले बताउनुभयो ।

डिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको बैठकमा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट, स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरी लगायतको पनि सहभागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology