Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा थप २ सय १८ जनामा कोरोना संक्रमणको पुष्टी


1.7K
Shares

गोरखामा थप २ सय १८ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखामा थप २ सय १८ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको बिज्ञप्तिमा गोरखामा थप ९७ जना महिला र १२१ जना पुरुषमा कोरोना पुष्टी भएको उल्लेख छ । गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये आज कास्की पछि दोस्रो धेरै कोरोना संक्रमित थपिने जिल्लामा गोरखा परेको छ ।

सवैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको कास्कीमा आज मात्र ३७० जनामा संक्रमण भएको पाइएको हो । जसमा १७३ जना महिला र १९७ जना पुरुष रहेका छन् । त्यस्तै लम्जुङमा १० महिला ३६ जना पुरुष, ६८ जना महिला ९८ जना पुरुष पुर्वी नवलपरासीमा ५८ जना महिला र ६० जना पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशभर आज कुल १ हजार ८९ जनामा कोरोना पुष्टी भएको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । जसमा ४८० जना महिला र ५९९ जना पुरुष रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज थप ७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology