Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाकमा एकैरातमा ३ जनाको मृत्यु, एकहप्तामा मर्नेको संख्या १२ पुग्यो, स्थिती भयावह बन्दै


3.3K
Shares

बारपाकमा एकैरातमा ३ जनाको मृत्यु, एकहप्तामा मर्नेको संख्या १२ पुग्यो, स्थिती भयावह बन्दै

गोरखा १३, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ पर्ने बारपाकमा गएराती ३ जनाको मृत्यु भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका एक महिला र एक पुरुषको मृत्यु भएको स्थानीयले बताएका छन । मृतक तिनै जनामा रुघाखोकी, ज्वरो तथा स्वासप्रश्वास लगायतको समस्या देखिएको थियो ।

मृत्यु हुनेमा ६५ बर्षका एक पुरुष, ८० बर्षका एक बृद्ध र ८० बर्षकी एक महिला रहेको स्थानीयको भनाई छ । मृतक मध्ये एकजनालाई उपचारका लागि भरतपुर अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । गएको साता भित्रमा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म मृत्यु भएका मध्ये २ जनामा कोरोना पुष्टी भएको भएपनि अन्यको मृत्युको कारण बारेमा खुल्न सकेको छैन ।

दुईदिन भित्रमा ६ जनाको मृत्यु भईसकेको छ, ति स्थानीयले भने, ‘मृत्युको कारण खुल्न नसकेको भएपनि कोरोनाको लक्षण देखिएकाले स्थित थप जटिल बन्ने अबस्था छ ।’ कोरोना परीक्षण समेत नगरिएकाले मृतकहरुको शव व्यवस्थापन समेत स्थानीयहरुले आफै स्वास्थ्य मापदण्ड बिपरित गर्ने गरेकाले झनै जोखिम बढेको छ । बारपाकमा दुई चरणमा गरिएको एन्टिेजन परीक्षणमा ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमणको जोखिम बढ्दै गएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली एन्टिजेन परीक्षणका लागि गएको भएपनि स्थानीयहरु परीक्षण लागि नआएपछि समस्या भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताउनुभयो । संक्रमण फैलिएको आंशका गरिएपनि बारपाक क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना नगरिएको स्थानीयले बताएका छन् ।

मलामी जाँदा समेत डेढसय भन्दा बढीको संख्यामा जाने गरेका छन्, ति स्थानीयले भने, घासँ दाउरा मेला पातमा जाँदा त स्वास्थ्य मापदण्डको पालना गर्ने कुरै छैन ।’ यसले बारपाक क्षेत्रको स्थिती भयावह बन्दै आशंका गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology