बर्दिया १२, जेठ । बर्दियाको ७४ बर्षका एक बृद्धले बाघसंग कुस्ती खेलेर ज्यान जोगाउनु भएको छ । बाख्रा चराउन गएका बेला बाघले एक्कासी आक्रमण गरेपछि बर्दिया मधुबन नगरपालिका ईन्द्रपुर बस्ने वर्ष ७४ का लाल बहादुर थारुले बाघसंग कुस्ती खेलेर ज्यान जोगाउनु भएको हो ।
आज साँझ करिब ५ बजेको समयमा वडा नंम्बर १ स्थित औराही सामुदायिक वनमा बाख्रा चराइरहेको अबस्थामा थारूमाथि पाटे बाघले आक्रमण गरेको प्रहरीको भनाई छ । बाघले थारुको अनुहार चिथोरेको छ भने दाहिने खुट्टाको साप्रामा समेत घाउ भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बाघको आक्रमणपछि उहाँले खुर्पाले हानेर बाघलाई समेत घाइते बनाउनु भएपछि बाघ जंगल तिर भागेको बताइएको । घाइते लाल बहादुर थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको छ ।