Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

तास खेल्दाखेल्दै खालबाट नै १४ जना जुवाडे पक्राउ,


1.8K
Shares

तास खेल्दाखेल्दै खालबाट नै १४ जना जुवाडे पक्राउ,

काठमाण्डौ १२, जेठ । तास खेल्दै गरेका १४ जना जुवाडलाई खालबाट नै प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई आज (मंगलबार) दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकीस्थित एडभेन्चर होटल एण्ड लजको कोठा नम्बर ४०६ मा तास खेलिरहेको अवस्थामा सोही होटलका सञ्चालक चितवन खैरेनी घर भएका ३२ बर्षीय कृष्ण अधिकारी समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology