Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँबुखैरेनी नजिकै ऐना पहरामा सडक दुर्घटना, गोरखाका दुई युवा घाइते


3.7K
Shares

आँबुखैरेनी नजिकै ऐना पहरामा सडक दुर्घटना, गोरखाका दुई युवा घाइते

नागरिक सवाल
गोरखा ११, जेठ । तनहुँको आँबुखैरेनीमा रोकी राखको मिनि ट्रकलार्इ ट्रकले ठक्कर दिदाँ गोरखाका २ जना घाईते भएका छन् । मंगलबार दिउसो १२:२० बजेको समयमा आँबुखैरेनी गाउँपालिका ४ को ऐनापहरामा बिग्रिएर रोकिराखेको बा ३ ख ६१९७ नम्बरको मिनि ट्रकलाई खैरेनी बजारबाट मुग्लिन तर्फ जादै गरेको ग १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा गोरखाका दिपक बोहरा र बरुण केसी घाईते भएका हुन् ।

आँबुखैरेनी प्रहरी चौकीले दिएको जानकारी अनुसार खैरेनी बजारबाट मुग्लिन तर्फ जादै गरेको ट्रकले रोकिराखेको मिनि ट्रकलाई ठक्कर दिदाँ मिनि ट्रकका चालक गोरखा जिल्ला गोरखा नगरपालिका ५ बस्ने बर्ष ३५ का दिपक बोहरा र मिनि ट्रकमा सवार गोरखा नगरपालिका ९ लक्ष्मी बजारका बरुण केसी घाईते हुनुभएको हो ।

ट्रकको ठक्करबाट चालक सामान्य घाईते भएका भए पनि अर्का ब्यत्ति बरुण केसी भने गंभिर घाईते भएका कारण उपचारको लागि भरतपुर लगिएको आँबुखैरेनी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology