गोरखा ११, जेठ । गोरखाका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई लक्ष्मण मेमोरियल ट्रष्टले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । गोरखाको मनकामना मन्दिरसम्म चल्ने मनकामना केवलकार सञ्चालन गरिरहेको कम्पनी अन्र्तगतको कल्याणकारी संस्थाले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
गोरखाको शहिद लखन गाउँपालिका भित्रका बिभिन्न क्षेत्रमा कोरोना संक्रमण फैलिन थालेपछि संक्रमण रोकथाम र न्युनीकरणका लागि स्वास्थ्य सामग्ी उपलब्ध गराएको संस्थाले जनाएको छ ।
संस्थाले मनकामना हेल्थ पोष्ट १, घैरुङ अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेशन सेन्टर अफ इच्छा कामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामग्री उपलब्ध गराएको हो ।