Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

बिपतमा मन्त्रीको राजनीति : अनुदानको अक्सिजन सिलिण्डरमा आफ्नै फोटो टाँसेर बाँडे


5.2K
Shares

बिपतमा मन्त्रीको राजनीति : अनुदानको अक्सिजन सिलिण्डरमा आफ्नै फोटो टाँसेर बाँडे

नागरिक सवाल

काठमाण्डौं ११, जेठ । बन तथा वाताबरण मन्त्री प्रेम आलेले चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा आफ्नै फोटो टाँसेर बाडेका छन् । मन्त्री आलेले डोटी अस्पताललाई अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका हुन्। मन्त्री आले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेर बितरण गरेपछि सबत्र आलोचना सुरु भएको छ ।

आफु निर्वाचित भएको जिल्ला डोटीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत सामाग्री लगेको मन्त्री आलेको सचिवालयले जनाएको छ। वैशाख २१ गते २० हजार अक्सिजनको खाली सिलिन्डर चीनबाट नेपाल आएको थियो।

सोही सिलिन्डरमा अक्सिजन भरेर आफ्नो तस्बिर टासेर मन्त्री आलेले वितरण गरेको खुलेको छ। स्रोतका अनुसार मन्त्री आलेले आफ्नो खर्चले किनेको नभइ शक्तिको दुरुपयोग गरेर सिलिन्डर लिएको र त्यसमा अक्सिजन भरेर वितरण गरेका हुन्।

कोरोना महामारीबाट जनता मरिरहदा अनुदानको सिलिन्डरमा समेत मन्त्री आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।यद्धपी आलेको सचिवालयले भने उनले आफ्नै खर्चले किनेको दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology