Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा संक्रमणका बेला बिरामी बोक्न निजी गाडी वडालाई हस्तान्तरण


2.5K
Shares

गोरखामा संक्रमणका बेला बिरामी बोक्न निजी गाडी वडालाई हस्तान्तरण

गोरखा ११, जेठ । गोरखा नगरपालिका २ का बिरामीलाई निःशुल्क रुपमा ओसार पसार गर्न स्थानिय एक ब्यत्तिले निजी सवारी साधन उपलब्ध गराएको छ ।  कोरोना संक्रमणका कारण सार्वजानिक यातायात सञ्चालन नभएको र सर्व साधारणलाई स्वास्थ्य संस्थासम्म आउजाउ गर्न समस्या भएको भन्दै न्याजुदिन मियाँले ग।३ च २८६ नम्बरको इसुजु कार उपलब्ध गराएको हो ।

गोरखा नगरपालिका २ को वडा कार्यालयलाई मियाँले आज एक कार्यक्रम बिच उत्त सवारी साधन उपलब्ध गराएको वडाध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिनुभयो । वडाध्यक्ष मियाँका अनुसार न्याजुदिनले निषेधाज्ञा अवधीभर बिरामीहरुलाई स्वास्थ्य उपचारमा घर देखी सदरमुकाम सम्मको स्वास्थ्य संस्थामा आउजाउ गर्न उत्त सवारी उपलब्ध गराएको हो ।

वडा कार्यालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्त सवारी साधान प्रयोग गर्न चाहने बिरामीहरुले वडा समिति वा स्वास्थ्य समितिमा सम्पर्क राख्न समेत भनेको छ ।
बिरामीहरुले मोबाईल नम्बर ९८५६०४०३३३, ९८०१३४०३३३, ९८४६३११७०३, ९८४५५४३६०४, ९८४६२५१७१६ वा ९८४६३७७३५७ मा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology