Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोली प्रहारबाट घाइते माओवादी नेताको मृत्यु


2.9K
Shares

गोली प्रहारबाट घाइते माओवादी नेताको मृत्यु

नागरिक सवाल
कपिलबस्तु ११, जेठ । गोली प्रहारबाट गम्भीर घाइते हुनु भएका नेकपा माओबादी केन्द्रका जिल्ला कमिटी सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उपचारका क्रममा गएराती उहाँको मृत्यु भएको जनाइएको छ । गएको जेठ ५ गते राती नगरपालिका वडा नम्बर ६ रामनगरमा ३ जनाको समूहमा आएका व्यक्तिको पाण्डे माथि गोली प्रहार गरेको बताइएको छ ।

उहाँको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेकामा थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पु¥याइएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओम प्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय शाकिर अली पखिया पक्राउ गरेको छ । अर्का एक व्यक्ति भने अझै फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology