गोरखा ११, जेठ । गोरखाको आरुघाट क्षेत्रमा कालो सालक भेटिएको छ । भेटिएको कालो सालकको उद्वार गरिएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ । आरुघाट गाउँपालिका ९ को आरुचनौटे क्षेत्रमा फेला पारिएको कालो सालकको उद्धार गरिएको हो । आरुघाट बजारका स्थानियले बजार क्षेत्रमा फेला पारेको उत्त सालकलाई उद्वार गरेर आरुघाट प्रहरी चौकीमा बुझाएका थिए ।

चौकीले डिभिजन बन कार्यालय गोरखाबाट गएको टोलीको जिम्मा लगाएको सालक गोरखा नगरपालिका ८ को वन क्षेत्रमा छाडिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी महेश पौडेलका उद्वार गरिएको सालक चाईनिज जातको कालो सालक हो । नेपालमा पाईने तामे र कालो सालक मध्ये गोरखामा अहिलेसम्म कालो सालक मात्र फेला परेको छ ।

जमिन भित्र बस्न रुचाउने सालकको मुख्य आहारा भनेको धमिरा र कमिला नै हो । गोरखा जिल्ला भर अहिले सम्म यो सहित १९ वटा सालकको उद्वार गरिएको डिभिजन बन कार्यालयका प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो। सालक सामान्यतया १० बर्षसम्म बाच्ने भएता पनि कुनै कुनै सालक १२ बर्ष सम्म बाच्ने गरेको बिज्ञहरुको भनाई छ ।
फोटो : साहायक बन अधिकृत महेष पौडेलको फेसबुकबाट साभार