Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु


2.9K
Shares

गोरखामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

गोरखा १०, जेठ । गोरखाको सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्यव समिति गोरखाका प्रमुख असोककुमार गुरुङ घरको कम्पाउण्ड निर्माण गर्ने क्रममा ३५ बर्षका भीमबहादुर गुरुङ र ४८ बर्षका काले गुरुङको माटोको ढिस्को पुरिएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।

‘दिउँसो करिब ३ बजेतिरको समयमा समन्वय समितिका प्रमुख गुरुङको घरमा कपाउण्डको जग खन्ने क्रममा ढिस्को खसेर उनिहरु पुरिएका थिए, उहाँले भन्नुभयो, घटना लगत्तै स्थानीयबासी र प्रहरी सहितको टोलीले उद्धार गरी जौवारी स्वास्थ्य चौकीमा पु¥याएको भएपनि चिकित्सकले साँझ करिब ७ बजे दुवैलाई मृत घोषणा गरेको हो ।’

मृतक दुवै सिराचोक गाउँपालिका–१ भीरसिंहका रहेको डिएसपी दाहालले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि अहिले स्वास्थ्य चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएपी दाहालको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology