Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लायन्स क्लब अफ तारानगरले बाड्यो बिभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री


2.7K
Shares

लायन्स क्लब अफ तारानगरले बाड्यो बिभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री

गोरखा १०, जेठ ।  लायन्स क्लब अफ तारानगरले सोमबार (आज) बिभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । क्लबले गोरखा नगरपालिका वडा नम्बर १०, ११ र १२ मा रहेका स्वास्थ्य चौकीलाई अक्सिमिटर र थर्मगन वितरण गरेको क्लबका अध्यक्ष अमृत लामिछाने (सुरेन) ले जानकारी दिनुभयो ।

दिनदिनै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि संक्रमितहरुको स्वास्थ्य उपचारमा सहयोग पुुर्याउने उद्देस्यले स्वास्थ्य सामग्री प्रदान गरेको उहाँले बताउनुभयो । त्यस्तै संक्रमण रोकथाम र नियन्त्रणमा खटिएको १२ किलो प्रहरी चौकी, नेपाल पत्रकार महासंघ गोरखा शाखालाई समेत अक्सिमिटर उपलब्ध गराएको क्लबले जनाएको छ ।

क्लबका अनुसार ११ किलो स्वास्थ्य चौकीलाई ३ थान अक्सिमिटर, १ थान थर्मगन, तारानगर स्वास्थ्य चौकीलाइई १ थान, छेवेटार स्वास्थ्य चौकीलाई २ थान अक्सिमिटर र १ थान थर्मगन वितरण गरिएको उहाँको भनाई छ । त्यस्तै नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ थान र प्रहरी चौकीलाई १ थान अक्सिमिटर १ एक थान थर्मगन उपलब्ध गराएको क्लबले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology