Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको शहिद लखन गाउँपालिकामा एकैदिन ५२ जनामा कोरोना संक्रमण


1.9K
Shares

गोरखाको शहिद लखन गाउँपालिकामा एकैदिन ५२ जनामा कोरोना संक्रमण

गोरखा १०, जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा एकैदिन थप ५२ जना कोरोन संक्रमणको पुष्टी भएको छ । गाउँपालिकाका भित्रका ९३ जनाको स्वांब संकलन गरि पठाइएकोमा आइतबार एकैदिन ५२ जनाको रिर्पोट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार वडा नम्बर २ अन्तर्गत पर्ने मनकामना हेल्थपोष्टबाट संकलन गरिएका ३८ जना मध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । जसमा १२ जना महिला र ११ जना पुरुषको रहेको श्रेष्ठको भनाई छ । यस्तै गाउँपालिकाको वडा नंम्बर ४ मा रहेको ताक्लुङ हेल्थपोष्टमा संकलन गरिएका मध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै यसैगरी वडा नम्बर १ अन्र्तगत बक्राङमा १९ जनामा कोरोना पुष्टी भएको उहाँले बताउनुभयो । शहिद लखन गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology