गोरखा ९, जेठ । गोरखामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर २ स्थित थालाजुङ घर भई चितवन बस्दै आउनु भएकी ५९ बर्षकी एक महिला र सोही ठाउँका ८१ बर्षका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
८१ बर्षका बृद्धको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । ति बृद्धमा यही जेठ ६ गते कोरोना संक्रमणको पुष्टी भएको थियो ।
स्वास्थयमा समस्या आएपछि ४ गते उपचारका लागि अस्पताल पु¥याएकोमा अस्प्तालमा नै कोरोना पुष्टी भएको जनाइएको छ । यता अर्का मृतक महिलाको पनि चितवन मेडिकल कलेजमै उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।