गोरखा ९, जेठ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ स्थित नयाँ साँधु नागरिक समाजले वडा भित्रका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । वडा नम्बर ६ घर भई बिभिन्न पेश व्यवसायमा आबद्ध भएका युवाहरुले मिलेर स्वास्थ्य सामग्री जुटाएर गाँखु स्वास्थ्य चौकी मार्फत उपलब्ध गराएको स्थानीयबासी समेत रहनुभएका समाजसेवी सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
युवाहरु मिलेर गाउँमा कोरोना संक्रमितहरुका लागि सहयोग संगै हौसला प्रदान गर्नुपर्छ भन्ने लागेर युवाहरु मार्फत स्वास्थ्य सामग्री संकलन गरियो, उहाँले भन्नुभयो, संकलन गरिएका स्वास्थ्य सामग्री साँघु स्वास्थ्य चौकी मार्फत संक्रमितलाई बितरण गर्ने गरि हस्तान्तरण गरेका छौ । श्रेष्ठले वडाध्यक्ष नारायणबाबु दानीको उपस्थितीमा स्वास्थ्य चौकीलाई ४ हजार थान मास्क, ५० लिटर सेनिटाइजर तथा अक्सोमिटर उपलब्ध गराइएको बताउनुभयो ।
उपलब्ध सामग्री स्वास्थ्य कार्यालय, स्थानीय क्लब लगायतको सहयोगमा संक्रमितहरुलाई प्रदान गर्ने श्रेष्ठको भनाई छ । नयाँ साँघु नागरिक समाजका अध्यक्ष मोहन शाही लगायतको आवहनमा स्थानीय अनिल श्रेष्ठले संक्रमितहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन आफ्ना दिवंगत बुबाआमाका सम्झनामा २० हजार रुपैया बराबरको सहयोग समेत उपलब्ध गराउनु भएको थियो । गाँखु क्षेत्रमा दोस्रो चरणको कोरोना लहर सुरु भएसंगै १८ जनामा कोरोना पुष्टी भइसकेको छ ।