Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो


2.5K
Shares

अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

रोल्पा ९ जेठ । रोल्पाको त्रिवेणी गाउँपालिका २ रामपुर गाउँ नजिकै बाँसघारीमा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान शनिबार फेला परेको हो ।

यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेको गुल्मको टोलीले उक्त सामग्री बरामत गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology