Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दश बर्ष गैडा मार्ने व्यक्ति तनहुँबाट पक्राउ


2.3K
Shares

दश बर्ष गैडा मार्ने व्यक्ति तनहुँबाट पक्राउ

तनहुँ ८, जेठ । तनहुँबाट १० बर्ष अघि गैडा मारेको अभियोगमा एक व्यक्ति पक्राउ परेको छ । गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएको विन्द्र सिंह भन्ने सागर प्रजालाई शुक्रबार पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

प्रजालाई तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसीकुवाबाट पक्राउ गरिएको बरालले जानकारी दिनुभयो । २०६७ सालको पुस १९ गते निकुञ्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली प्रहार गरी खाग तस्करी गरेको अभियोगमा प्रजाविरुद्ध २०६७ साल चैत २७ गते मद्दा दर्ता गरिएको थियो।

त्यतिखेर चितवन निकुञ्जमा प्रजासँगै १९ जनाविरुद्ध एकैचोटी गैंडा तस्करीको मुद्दा दर्ता भएको थियो। २०७२ साल असार ३० गते भएको फैसलामा उनलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उच्च अदालत पाटन(हेटौडाको संयुक्त इजलासमा २०७४ फाल्गुन १५ गते भएको पुनरावेदनबाट समेत सोही सजाय सदर भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology