गोरखा ८, जेठ । गोरखा सदरमुकाम क्षेत्रका अधिकासं तरकारी र फलफुल पसलहरु बिना दर्ता सञ्चालन भएको पाइएको छ । निषेधाज्ञाका बेला फलफुल तथा तरकारी बजार क्षेत्रको आज बिहान गरिएको अनुगमनका क्रममा यस्तो पाइएको अनुगमन टोलीका संयोजक चेतप्रसाद अम्गाईले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा तरकारी तथा फलफुल पसलहरु केही दर्ता हुन बाँकी रहेको, केहीले बोर्ड समेत समेत नराखेको, बोर्ड राखिएका तरकारी पसलहरुले समेत मूल्य सूँची नराखेको पाइएको उहाँको भनाई छ । गोरखा नगरपालिकाले निषेधाज्ञाका बेला फलफुल तथा तरकारीको मूल्यमा कालोबजारी हुन नदिन तथा सडेगलेका फलफुल तथा तरकारी बिक्रि बितरण भएनभएको बारेमा अनुगमन गरेको थियो ।
अनुगमन क्रममा मूल्य सूची नराखेकाहरुलाई मूल्य सूँची राख्न, दर्ता नभएकालाई नगरपालिकामा आएर दर्ता गर्न तथा हेर्डिङ बोर्ड राखेर सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले निषेधाज्ञाका बेला गोरखा बजार क्षेत्रमा हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म बिक्रि बितरण गर्न खुल्ला गर्दै आएको छ ।फाइल फोटो