Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिप्रका गोरखाद्धारा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी हवल्दार गुरुङ पुरस्कृत


3.5K
Shares

जिप्रका गोरखाद्धारा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी हवल्दार गुरुङ पुरस्कृत

गोरखा ८,जेठ ।  जिल्ला प्रहरी कार्यालय गोरखाले बैशाख महिनामा जिल्ला भित्र उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार साजन गुरुङलाई पुरष्कृत गरेको छ । जिल्ला भित्र कार्यरत प्रहरीहरु मध्ये अस्थायी प्रहरी पोष्ट लक्ष्मीबजारमा कार्यरत प्रहरी हवल्दार गुरुङलाई बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रहरी हवल्दार गुरुङले आफुलाई तोकिएको जिम्मेवारी अनुशासनमा रही ईमान्दारिताका साथ उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरी आम जनसमुदायमा प्रहरी प्रतिको छवि सकारात्मक बनाउन प्रत्यत्नशिल रहेको पाईएको जनाएको छ । जिल्ला भित्र कोरोना संक्रमण रोकथाम र न्युनिकरणका लागि जारी गरिएको निषेद्याज्ञालाई कार्यान्वयन गराउन उहाँले सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ ।

त्यस्तै वडा एरियामा हुने गरेका चोरी, झै–झगडा, सडक दुर्घटना जस्ता घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको, अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी लुकिछिपी बेचबिखन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिई आफु खटिएको एरियामा त्रुटि रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलतापूर्वक कार्य सम्पादन गरेको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने एकजनालाई छनोट गरि पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology