गोरखा ७, जेठ । गोरखामा जिल्लामा निषेधाज्ञाका बेला बाहिरी जिल्लाबाट फलफुल तथा तरकारी ढुवानी गर्न लगाइएको रोक फुकुवा गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्ला बाहिरबाट फलफुल तथा तरकारी ल्याउन पाइने निर्णय गरेको हो ।
जिल्ला भित्र फलफल तथा तरकारीको अभाव हुन नदिन बाहिरी जिल्लाबाट ढुवानी गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसअघि गत बैशाख ३० गते बसेको केन्द्रको बैठकको निर्णय अनुसार जिल्ला प्रसासन कार्यालयले संक्रमण फैलने क्रम बढेको भन्दै जेठ १५ गतेसम्मका लागि बाहिरी जिल्लाबाट ढुवानीका लागि रोक लगाएको थियो ।