Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुतेकै ठाउँमा ४० बर्षका पुरुषको हत्या गरिएको अबस्थामा शव भेटियो


1.6K
Shares

सुतेकै ठाउँमा ४० बर्षका पुरुषको हत्या गरिएको अबस्थामा शव भेटियो

मोरङ ७, जेठ । गएराती एक पुरुष मृत अबस्था फेला परेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित लोचनीमा सुतेकै ठाउँमा ४० बर्षका विष्णु ऋषिदेवको हत्या गरिएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतकको शव घाँटीमा धारिलो हतियारले प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो। शव घरभित्र सुतेकै खाटको ओछ्यानमा लडिरहेको अवस्थामा भेटिएको हो।

घटनाको प्रकृति हेर्दा निदाएका बेला कुनै धारिलो हतियारले घाँटीको अगाडिको भागमा प्रहार गरेर हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाको थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology