Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको धार्चेमा ५ बेडको आइसोलेसन, बिरामीका आफन्तका लागि छुट्टै कक्ष


1.4K
Shares

गोरखाको धार्चेमा ५ बेडको आइसोलेसन, बिरामीका आफन्तका लागि छुट्टै कक्ष

गोरखा ७, जेठ । गोरखाको धार्चे गाउँपालिकामा ५ बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित माछीखोला बगरमा आइसोलेसन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । आइसोलेसन कक्ष संगै बिरामीका आफ्न्तका समेत गाउँपालिकाले छुट्टै कक्ष निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

पालिका भित्रै अहिले ५ वेडको अक्सिजन सहितको आइसोलेसन तयारी अबस्थामा छ, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, गाउँपालिकाले पालिका भित्रका संक्रमितहरुको स्वास्थ्य उपचारमा समस्या हुन नदिन आइसोलेसनलाई व्यवस्थित गर्न लागिएको हो । अध्यक्ष गुरुङले यसअघि गाउँपालिकाले माछीखोलाको बगरमा ३५ बेडको मास क्वारेन्टिन समेत निर्माण गरिसकेको जानकारी दिनुभयो ।

फुन्क्यु खोलाको बगरमा मास क्वारेन्टिन बनाइ सकिएकोे छ, उहाँले भन्नुभयो, बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने अबस्था आए उक्त मास क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology