काठमाण्डौं ६, जेठ । कोरोना संक्रमणबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) राजुकमार के.सीको निधन भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी केसीको कोरोना संक्रमणबाट आज बिहान निधन भएको हो ।
संक्रमणबाट गम्भीर बिरामी पर्नुभएको उहाँको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो ।