काठमाण्डौं ६, जेठ । नेकपा एमाले ओली पक्षका उमेद्वार रामबहादुर थापा (बादल) लाई ओली पक्षले नियोजित रुपमा हराएको आंशका बादल पक्षले गरेको छ । बादल पक्षका एक नेताका अनुसार ओली पक्षले पार्टी भित्र बादल पक्षको हालीमुहाली बढ्न सक्ने आंकलन गर्दै निर्वाचनमा सुनियोजित रुपमा हराएको आंशका गरिएको हो ।
बादललाई निर्वाचनमा हराएपछि गृहमन्त्रीमा आफ्ना बिश्वास पात्रलाई ल्याउन सकिने भएकाले योजनाबद्ध रुपमा हराइएको हुनसक्छ, ति नेताले भने, गृहमन्त्रीमा इश्वर पोखरेल आउने सम्भावना अब बलियो बनेको छ । एकातिर पार्टीमा नेपाल खनाल समुहलाई समेट्न सजिलो हुने र अर्को तिर बादल प्रचण्ड तिर फर्कनै नसक्ने अबस्था भएपछि चुनाव हारेपनि बादल खुम्चिएर एमाले पार्टी भित्र बस्नै पर्ने बाध्यता रहेको ओली पक्षको बुझाइ रहेको ति नेताको बिश्लेषण रहेको छ ।
बादललाई निर्वाचनमा हराउन महासचिव इश्वर पोखरेलको मुख्य भूमिका रहेको स्रोतको दावी छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीपछि आफ्नो नेतृत्व हुनुपर्ने दावी गर्दै आएका पोखरेलले आफ्नो मुख्य बाधक ठान्ने गरेको स्रोतको दावी छ । उपनिर्वाचनमा पराजित भएसंगै बादलको राजनीतिक हैसियत कमजोर बनेको बिश्लेषण ओली पक्ष रहेको ति नेताले बताए ।
ओली पक्षलाई निर्वाचनमा नेपाल खनाल समुहबाट उमेद्वार बनेका खिमलाल देवकोटालाई जिताउदा पार्टीलाई मिलाउन सजिलो हुने बिश्वास छ । जसले जितेपनि एमालेले नै जित्छ, अहिलेको अबस्थामा बादल भन्दा देवकोटालाई जिताउदा एकताको वातावरण बलियो बन्छ भन्ने ओली पक्षको बुझाई हो । बाहिर बादललाई जिताउन भूमिका खेलिएको देखिएपनि भित्र त्यस्तो देखिदैन थ्यो ति नेताले भने ।