गोरखा, ६ जेठ । नेकपा माओबादी केन्द्रका प्रवक्ता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखा अस्पताललाई बिहिबार (आज) स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । गोरखा अस्प्तालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किट सहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराउनु भएको हो ।
एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरुको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुग्नु भएको हो । प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा. अजयराज गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।
अस्पताललाई अक्सिजन कन्सनट्याटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डर लगायतका सामग्री सहित एन्टिजेन किट प्राप्त भएको डा. गौतमले जानकारी दिनुभयो । अस्पताललाई प्राप्त भएको महत्वपूर्ण सामग्रीले विरामीको उपचारमा सहयोग पु¥याउने डाक्टर गौतमले बताउनुभयो ।
गोरखा अस्पतालमा बिरामीको उपचारका लागि आइसोलेन बेडको अभाव भएपछि प्रवक्ता श्रेष्ठको निर्देशनमा एचडियु वेड थप गर्ने काम भइरहेको छ भने अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान गरिएको छ ।