धादिङ्ग, ६ जेठ । पृथ्वीराजमार्ग अन्र्तगत धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दिखोला पुलको मोडमा दुईवटा ट्रक एकापसमा ठोक्एिर दुर्घटना भएको छ । मुग्लिन–नौबिसे सडकखण्डमा पर्ने हुग्दिखोला पुलको मोडमा ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाडौं तर्फ जादैँ गरेकोे ना ६ ख ७७०३ नंम्बर ट्रक र बिपरित दिशाबाट आइरहेको लु २ ख ४३५ नम्बरको ट्रक एकआपसमा ठोक्किएको प्रहरी चौकी मझिमटारका प्रहरी सहायक निरिक्षक नरोत्तम थापाले जानकारी दिनुभयो । दुर्घटनामा परि दुई ओटै ट्रकका चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।