Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बाँसखोलामा यात्रुबाहक बस खस्यो : ४ जनाको मृत्यु, ४९ जना घाइते


1.1K
Shares

बाँसखोलामा यात्रुबाहक बस खस्यो : ४ जनाको मृत्यु, ४९ जना घाइते

पश्चिम नवलपरासी ५, जेठ । पश्चिम नवलपरासी अन्तरगत पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४९ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ भने अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिनुभयो । घाइते सवेको उद्धार गरि सकिएको उहाँको भनाई छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई बुटवल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology