गौर ४ जेठ । निषेधाज्ञाका बेला होटलमा जम्मा भएर तास खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमण भयावह बन्दै गएको अबस्थामा संक्रमण रोकथाम र न्युनिकरणका लागि स्थानीय प्रसासनले निषेधाज्ञा लगाएको भएपनि त्यसको उंल्लधन गरि तास खेल्न जम्मा हुनेहरुलाई तास खेलीरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तास खेलाउने गौर नगरपालिका १ स्थित सूर्य बेम्बो रेष्टुरेन्टबाट उनिहरुलाई पक्राउ गरेको हो । होटल सञ्चालन सर्लाही बलरा नगरपालिका ३ बस्ने २२ वर्षीय अभिशेष मिश्रलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अधि बढाएको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो।